काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच विभिन्न सेवासुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभरि सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

बैंकले १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।