काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन्। 

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु. १ लाखमा नै खोल्न सकिनेछ। यस खातामा बैंकले ग्राहकलाई भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ। यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ। यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ। 

आधुनिक बैंकिङ प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।