काठमाण्डौ । बोनस सेयरका लागि सेन्चुरी कमर्सियल बैंक र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुवै वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको सेन्चुरी कमर्सियल बैंकको सेयरमूल्य प्रतिकित्ता १७७.४५ रुपैयाँ कायम गरेको छ। गत वर्षका लागि २५ प्रतिशत लाभांश प्रस्ताव गरेको वोमी लघुवित्तको सेयरमूल्य भने प्रतिकित्ता ८५६ रुपैयाँ कायम भएको छ।

सेन्चुरी कमर्सियल बैंकले आगामी चैत १४ गते शुक्रबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाबाट गत आर्थिक वर्षका लागि बैंकले प्रस्ताव गरेको चुक्तापुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँको १६ करोड ८३ लाख ९ हजार ४२३.७० रुपैयाँबराबरको बोनस सेयर र ४.७५ प्रतिशतले हुन आउने ३९ करोड ९७ लाख ३४ हजार ८९९.८७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) अनुमोदन हुनेछ। 

यसैगरी वोमी लघुवित्त आगामी चैत १६ गते काभ्रेको धुलिखेलस्थित जुगल होटलमा आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। सोही सभाले संस्थाले प्रस्ताव गरेको २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) पारित गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि दुवै वित्तीय संस्थाले आज शुक्रबार ९फागुन ३० गते० देखि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब दुवै संस्थाले प्रस्ताव गरेको लाभांश प्राप्ति र साधारणसभामा भाग लिन हिजो ९फागुन २९ गते० सम्म सेयरधनी कायम हुनुपर्नेछ।