काठमाण्डौ । कोरोनाभाइरसबाट सिर्जित परिस्थितिलाई ध्यानमा राखेर सेन्चुरी कमर्सियल बैंक लिमिटेडले यही चैत १४ गते तय गरेको नवौँ वार्षिक साधारणसभा स्थगित गरेको छ।
बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय लिएको हो। नेपाल सरकारद्वारा गठित कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार विभिन्न १८ बुँदे निर्णयमा २५ जनाभन्दा बढी भेला नगर्न दिइएको निर्देशनको पालना गर्दै अर्को सूचना नआएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गरिएको बैंकले जनाएको छ।
सोही सभाबाट गत आर्थिक वर्षका लागि बैंकले प्रस्ताव गरेको चुक्तापुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँको १६ करोड ८३ लाख ९ हजार ४२३.७० रुपैयाँबराबरको बोनस सेयर र ४.७५ प्रतिशतले हुन आउने ३९ करोड ९७ लाख ३४ हजार ८९९.८७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) अनुमोदन हुने बताइएको थियो।
13 minutes ago
23 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago