काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आज शुक्रबारबाट लागू हुने गरी विभिन्न कर्जाको ब्याजदर सार्वजनिक गरेको छ।
बैंकको आधारदर ९.३८ रहेको छ। यो आधार दरमा प्रिमियम दर जोडेर बैंकले कर्जा प्रवाह गर्नेछ।
बैंकले घर कर्जा समयावधिको हिसाबले ३ प्रतिशतदेखि ४ प्रतिसम्म प्रिमियम दर कायम गरेको छ। जसअनुसार १० वर्षसम्मका लागि ३ प्रतिशतसम्म, १५ वर्षसम्मका लागि ३.५ प्रतिशतसम्म र २० वर्षसम्मका लागि ४ प्रतिशतसम्म प्रिमियम दर निर्धारण गरिएको थियो।
यसैगरी बैंकले व्यक्ति प्रयोजनअन्तर्गतको सवारी कर्जा ५ वर्षसम्मका लागि ३ प्रतिशतसम्म र ७ वर्षसम्मका लागि ४ प्रतिशतसम्म प्रिमियम दरमा उपलब्ध गराउनेछ। यस्तै व्यावसायिक प्रयोजनअन्तर्गतको सवारी कर्जा बैंकले ५ वर्षसम्मका लागि ४ प्रतिशत र ७ वर्षसम्मका लागि ५ प्रतिशत प्रिमियममा उपलब्ध गराउनेछ।
बैंकले एसएमई कर्जाअन्तर्गत ओभरड्राफ्ट, ट्रस्ट रिसिप्ट लोन र टर्म लोनमा ३.५ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ।
यसैगरी शैक्षिक कर्जामा ३.५ प्रतिशत, कृषि कर्जामा ५ प्रतिशत, सेयर धितो कर्जामा ४ प्रतिशत र सुनचाँदी धितो कर्जामा ४ प्रतिशतसम्म प्रिमियम दर कायम गरिएको छ। यस्तै बैंकबाट प्रवाह हुने अन्य अधिकांश कर्जाहरु पनि ३ प्रतिशतदेखि ६ प्रतिशतसम्मको प्रिमियम दरमा उपलब्ध हुनेछन्।
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago