काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा कुल चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५०.१३ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने २ करोड ४७ लाख १ हजार ९३५.७७ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी २४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।