काठमाण्डौ । ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) को ‘हाभल एच६’ले अस्ट्रेलियासियन न्यु कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी) क्र्यास परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ। 

जीडब्ल्यूएम पिक–अप पजवरपछि यस्तो उच्च मूल्यांकन प्राप्त गर्ने एच६ जीडब्ल्यूएमको दोस्रो गाडी हो। हाभल एच६ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९०%, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८%, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३%, र सेफ्टी असिस्टमा ८१% स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्यांकन प्राप्त गर्न सफल भएको छ।

एएनसीएपीका अनुसार हाभल एच६ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णांक पाएको छ। चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ‘परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने’ एच६ लाई एएनसीएपीले प्रशंसा गरेको छ। 

यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परीक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एएनसीएपीले हाभाल एच६को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ।

हाभाल एच६को सक्रिय सुरक्षा सुविधाहरुलाई एएनसीएपीले तारिफ गरेको छ र सबै आपतकालीन लेन राख्ने परीक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्यांकन गरेको छ।

ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन र पोअर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ र नेपालको ईलेक्ट्रिक भेहिकलको भविष्यमा ओरा इलेक्ट्रिकसँगै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ। 

भीजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो। वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स/ग्रेट वाल मोटर नेपालले यो लोकप्रिय इलेक्ट्रिक गाडी नेपाल ल्याउन सफल भएको छ। ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ। कम्पनीले उपभोक्ताहरुलाई नयाँ र बृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ। 

विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर अग्रपंक्तिमा रहन अग्रसर छ। २०२५ सम्ममा विश्वबजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ उर्जाका सवारी साधनहरुको हुने अपेक्षा राखेको छ।