काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
सेबोनले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।
अब आदर्श लघुवित्तले ६७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ जारी गर्नेछ।
यो आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।
यसैगरी राप्ती हाइड्रोले १०० अंकित दरका कुल २८ लाख ४१ हजार ४१० कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
राप्ती हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago