काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ। 

सेबोनले धितोपत्र ऐन, २०६३ को दफा ११८ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ४३कको प्रयोजनका लागि यो निर्देशिका तयार पारेको हो। यो निर्देशिका सेबोनले तोेकेको मितिदेखि लागू हुनेछ। 

सेबोनको ९ पृष्ठ लामो निर्देशिकामा गरिएको व्यवस्थाअनुसार अब एकीकृत कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्त गर्ने संस्था र गाभ्ने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने उल्लेख छ। 

तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

योसँगै अब संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने निर्देशिकामा उल्लेख छ। 

यस निर्देशका कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ पर्न आएमा सेबोनले त्यस्तो बाधा अड्काउ फुकाउन सक्ने कार्याविधिमा व्यवस्था गरिएको छ।

यस्तो छ निर्देशिका–