काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षदेखि नेपालको प्राथमिक बजारमा समेत बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याउने भएको छ । 

बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा आफ्नो मन्तव्य दिंदै बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले यस्तो घोषणा गरेका हुन् । 

लामो समयदेखि चर्चा हुँदै आएको नेपालको प्राथमिक बजारमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याउने विषय बोर्डका कार्यकारी निर्देशकबाटै घोषणा भएपछि कार्यान्वयनको आशा बढेर गएको छ । 

योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निश्कासन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण विधि बुक विल्डिङ विधि हो । 

धितोपत्र बजारमा विभिन्न क्षेत्रका कम्पनीहरुको सहभागिता रहेमा मात्र धितोपत्र बजारले देशको आर्थिक स्थिति यथार्थ रुपमा प्रतिबिम्बित गर्नसक्छ भन्ने मान्यतालाई लागू गर्न अन्य क्षेत्रका कम्पनीहरु खासगरी वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमार्फत पूँजी परिचालन गराउन बुक विल्डिङ विधि महत्वपूर्ण माध्यम हुनसक्ने भएकोले नेपालको प्राथमिक बजारमा यसको कार्यान्वयन अपरिहार्य भइसकेको धितोपत्र बोर्डले प्रकाशन गरेको २७ औं वार्षिकोत्सव विशेषाङ्कमा दीपेश ताम्राकारले एक आर्टिकल लेख्दै दाबी गरेका छन् । 

हाल भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, चीन जस्ता देशमा बुक बिल्डिङ विधि कार्यान्वयनमा छ । 

संसारका विभिन्न मुलुकले आफ्नो अर्थतन्त्र र पूँजी बजार सुहाउँदो ढाँचामा बुक बिल्डिङ विधि लागू गरेको पाइन्छ । नेपालमा यसको कार्यान्वयनका लागि पनि हाम्रो बजार अनुकुल हुने किसिमबाट आवश्यक संरचना तयार गर्नुपर्ने हुन्छ । 

ताम्राकारले आफ्नो लेखमा नेपालको प्राथमिक बजारमा बुक बिल्डिङ विधि कार्यान्वयनको विषयमा यस्तो प्रस्ताव गरेका छन: