काठमाण्डौ । शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेका छन्।

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक दुवैले चुक्तापुँजीको ३० प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। हकप्रद निष्कासनको अनुमति माग्र्दै शिखरले गते जेठ २५ गते र एक्सेलले जेठ २७ गते धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

शिखरले कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदका लागि अनुमति मागेको छ। यो १०० अंकित दरले कुल ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँबराबरको हुन आउँछ। 

यसैगरी एक्सेलले २४ लाख ३३ हजार ३६३.६७ प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको छ। यो १०० अंकित दरको कुल २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हुन आउँछ। 

शिखर र एक्सेल दुवैको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।