काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन )को अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ । 

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस तथा छनौट समितिको सोमबार बसेको बैठकले आवेदन दिएकामध्ये पहिलो चरणमा उनीहरुको कार्ययोजनाका आधारमा ५ जनाको नाम छनौट गरेको हो ।  

पहिलो चरणमा छनौट हुने ५ जनामा कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट, निरज गिरी, खगेन्द्र कट्वाल र रमेशकुमार हमाल रहेका छन् । यी ५ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाउनेछ । उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा ५ जनामध्ये ३ जनाको नाम छनौट गरी मन्त्रीपरिषदमा सिफारिस गरिनेछ । सिफारिस अन्तिम ३ नामबाट मन्त्रीपरिषद बैठकले धितोपत्र बोर्डको अध्यक्षमा एकजनालाई नियुक्त गर्नेछ । 

धितोपत्र बोर्डका अध्यक्षका लागि आह्वान गरिएको खुल्ला प्रतिस्पर्धामा १५ जनाले आवेदन दिएका थिए । तीमध्ये पहिलो चरणमा ५ जनाको नाम छनौट भएको हो । 

धितोपत्र बोर्डका भावी अध्यक्षको रुपमा दाबेदार भनिने नवराज अधिकारी, सिताराम थपलिया, रमेश घिमिरे, मुक्ति अर्याल लगायतका प्रतिस्पर्धी पहिलो चरणबाटै बाहिरिएका छन् ।