शेयर खरीद तथा विक्रीमा सेमी अनलाइन सेवाको शूरुवात भएसँगै आइतबार बजार सूचक नेप्से २ दशमलव ६ अंकले बढेको छ । काराबोर शूरु भएको केही समयमा नै करीव १६ अंकले कमी आएर १ हजार २ सय ६० अंकमा पुगको बजारले अन्तिम समयमा सकारात्मक लय पक्रेको हो । वर्षको पहिलो कारोबार दिन १ सय ६५ कम्पनीेका शेयर खरीद विक्री भए । होटल , विकास बैंक, बीमा, अन्य र लघुवित्त सूचक सकारात्मक रहे भने अन्य समूहमा सामान्य सुधार भएको छ । 

यस दिन करपोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी ८ प्रतिशत कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नेपाल लाईफ इन्स्योरेन्समा प्रमोटर तर्फका शेयरधनी रहेका छन् । कम्पनीको शेयरधनीले करीव १० प्रतिशत गुमाएका छन् । 

परिसूचकमा सकारात्मक देखिएपनि  समग्र कारोबार रकममा कमी आएको देखिएको छ । बजार बन्द हुँदा ३० करोड २८ लाख ३१ हजार २ सय ७७ रुपैयाँ बराबरका शेयर खरीदविक्री भएका छन ।