काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

सोही बैठकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गर्ने गरी काठमाण्डौ–४ बस्ने अमित पाण्डेलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने निर्णय पनि गरेको छ।