काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सले आफ्ना सेयरधनीलाई ३२.५० प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि १.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

फाइनान्सको आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभाले २०७४ असार मसान्तसम्मको नाफाबाट सो बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

यो प्रस्ताब पारित भएसँगै सिर्जना फाईनान्सको पूँजी ४० करोड ६ लाख माथि पुुगेको छ । 

साधारण सभाले बोनस शेयर बितरण पछि कायम हुने पूँजीको साठी प्रतिशत (दश शेयर बराबर छ शेयर) हकप्रद शेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ । हकप्रद शेयर र  चालु वर्षको मुनाफाबाट चुक्ता पूँजी ८० करोड पुर्याई राष्ट्रियस्तरको बित्तीय संस्था हुने लक्ष्य लिइएको फाइनान्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साधारण सभाले तिन अर्व छत्तिस करोड निक्षेप, दुई अर्व पचहत्तर करोड कर्जा लगानी भएको २०७४ असार मसान्तको बार्षिक प्रतिवेदनलाई सर्वसम्मतिले पारीत गरेको छ । गत बर्ष सिर्जना फाईनान्सले बिस करोड पचासीलाख सञ्चालन मुनाफा गरेको छ । 

सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक सुवास आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत भबानी शंकर चापागाईले सिर्जना फाइनान्सको बिगत र भाबी योजनाहरुका बारे चर्चा गरेका थिए । सो क्रममा उनले निक्षेप, कर्जा र मुनाफाको हिसाबले नेपाल राष्ट्र बैकबाट स्वीकृत फाईनान्स कम्पनीहरुमध्ये सिर्जना फाईनान्स लिमिटेड उत्कृष्ट रहेको दाबी समेत गरे ।

कार्यक्रममा राजेन्द्र राउत, शिव रिजाल, प्रभाकर देवकोटा, लिला ढुंगेल लगायतले पनि बोलेका थिए । 

साधारणसभामा दिइएको जानकारी अनुसार चालु वर्षमा सिर्जनाले बिराटनगरको रानी, सुनसरीको ईटहरी, धरान र सप्तरीको बोदेबर्साईनमा आफ्नो शाखा कार्यालय र थप ६ बटा एटिएम सञ्चालनमा ल्याउँदैछ ।