काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्ये आकर्षक र टप नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि लाभांशको डबल धमाका प्रस्ताव गरेको छ । 

यो कम्पनीको  फागुन १७ गते बसेको संचालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कुल ४८.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको समेत गरी २३.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो हिसाबले कम्पनीले बोनस सेयरको रुपमा १ करोड ९ लाख ९२ हजार ३२१.६२ कित्ता सेयर बोनसको रुपमा वितरण गर्नेछ । यस्तै, नगद लाभांशको रुपमा १ अर्ब ३ करोड ३२ लाख ७८ हजार २३२.२८ रुपैयाँ वितरण गर्नेछ ।

यो प्रस्ताव बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ  । 

गत वर्ष नेपाल लाइफले ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश गरी कुल ७०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रतावित बोनस सेयर(१ अर्ब ९ करोड ९२ लाख बढी बोनस सेयर) वितरणपछि चुक्तापूँजी बढेर साढे ५ अर्बको हाराहारीमा पुग्नेछ ।