काठमाण्डौ । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ। 

सोही निर्णयमा सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जानकारी पनि गराइएको छ।