काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरबापतको थप ६० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ। 

कम्पनीले आज एक सूचना जारी गर्दै सेयरबापतको थप ६० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ। 

कम्पनीको गत वैशाख ९ गते सम्पन्न चौथो वार्षिक साधारणसभाको निर्णयाअनुसार पुँजीवृद्धि गर्न संशोधित प्रबन्धपत्र तथा नियमावली कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख भएको, सेयर स्वामित्वका आधारमा थप ६० प्रतिशत रकम थप गरी पुँजी वृद्धि गर्न बीमा समितिबाट स्वीकृत प्राप्त भएको र सोहीबमोजिम पुँजी माग गरी वृद्धि गर्न सञ्चालक समितिले निर्णय गरेको सूचनामा उल्लेख छ। 

संस्थाप सेयरधनीहरुले कम्पनीको वेबसाइटमा उपलब्ध सेयर लगानी फारम पूर्ण रुपमा भरी फारम र नबिल बैंकमा रहेको खाता नं. १७०१०१७५०१३३८ र ग्लोबल आइएमई बैंकमा रहेको खाता नं. के८०१०१००००२४४ मा थप सेयरबापतको रकम जम्मा गरेको भौचर संलग्न गरी यही असार ३० गतेसम्म काठमाण्डौको कमलादीस्थित कम्पनीको कर्पोरेट कार्यालयमा उपलब्ध गराउने आग्रह गरिएको छ।