काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले सेयरमूल्य समायोजन गर्दै स्वरोजगार लघुवित्तको प्रतिकित्ता १ हजार ३१५ रुपैयाँ कायम गरेको छ। यसअघि यो लघुवित्तको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ४७८ रुपैयाँ रहेको थियो। आज आइतबार समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

स्वरोजगार लघुवित्तले १२.३९ प्रतिशत बोनस र ०.६५ प्रतिशत नगर गरी कुल १३.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश अनुमोदन गर्न संस्थाले यही फागुन २९ गते वार्षिक साधारणसभा डाकेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले हिजो फागुन १५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ फागुन १४ गते शुक्रबार परेकोले फागुन १३ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाको लाभांश पाउने र सभामा भाग लिन योग्य भएका छन्।