काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १८९० रुपैयाँमा कारोबार भइरहेको रिलायवल माइक्रोफाइनान्सले सेयरधनीहरुलाई झट्का दिएको छ । यो माइक्रोफाइनान्सको नाफा घटेर चौपट भएको छ भने अन्य सूचक पनि सन्तोषजनक छैनन् । 

माइक्रोफाइनान्सले शुक्रबार सार्वजनिक गरेको चालुु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरण अनुसार नाफा घटेर २७ लाखमा सीमित बन्न पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको नाफा ३७ लाख ५४ हजार रुपैयाँ थियो । 

माइक्रोफाइनान्सले यो अवधिमा व्यवसाय बिस्तार गर्न सकेन । जसको परिणाम खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १ करोड ३२ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर १ करोड १२ लाखमा सीमित बन्न पुुगेको छ । 

कम्पनीले उल्लेख्य प्रगति गर्न नसके पनि कर्मचारी खर्च र अन्य व्यवस्थापन खर्च बढेर निकै धेरै बढेको छ । 

यो माइक्रोफाइनान्सले समीक्षा अवधिमा २० करोड निक्षेप संकलन गरी तथा ४९ करोड सापटी लिई ५६ करोड ९८ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९ करोड ९७ लाख निक्षेप संकलन गरी तथा ३४ करोड ९६ लाख सापटी लिई ३८ करोड ८० लाख कर्जा परिचालन गरेको थियो । 

कम्पनीको रिजर्ब कोष पनि खिइएको छ। ऋघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ करोड ५४ लाख रुपैयाँ रहेको कोषमा घटेर समीक्षा अवधिसम्म १ करोड ७६ लाख मात्र रहेको छ । 

समीक्षा अवधिमा माइक्रोफाइनान्सको खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्षसम्म १.४६ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.६३ प्रतिशत पुुगेको हो । ६.६९ प्रतिशतमा रहेको कस्ट अफ फण्ड अचाक्ली वृद्धि भई ९.०७ प्रतिशत पुुगेको छ । 

५ करोड ६५ लाखमा सीमित पूँजी बढाएर ९ करोड ६० लाखमा पुर्याउँदा प्रतिसेयर आम्दानी चौपट बनेको छ । समीक्षा अवधिमा रिलायवल माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ११.३९ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ ११८.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६६.३५ गुणा कायम भएको छ ।