नवील बैंकबाट ९ प्रतिशतमा कर्जा लिएको २ महिनापछि नै मलाई राष्ट्रिय वाणिज्य बैंकले ५ देखि ६ प्रतिशतको दरले सेयर कर्जा उपलब्ध गरायो । त्यसबेला वाणिज्य बैंकको सीइओको रुपमा ब्रुस नामका व्यक्ति कार्यरत थिए । त्यसबेला मैले सेयर कर्जाका लागि त्यति धेरै बैंकहरु धाइँन ।

ब्रुुसजीले मलाई कल गरे र भने–‘निर्मल म तिमीसँग डिल गर्न चाहन्छु। तिमीले ५० करोडसम्म सेयर लोन र अन्य खालका लोन समेत लिन सक्छौ ।’ मैले भने–‘हुन्छ, तर ब्याजदर बढी पर्ला नि ?’ उसले मलाई ५.५ प्रतिशत ब्याजदरमै लोन उपलब्ध गराउने कुरा बताए ।

ब्रुुसजीले मलाई कल गरे र भने–‘निर्मल म तिमीसँग डिल गर्न चाहन्छु। तिमीले ५० करोडसम्म सेयर लोन र अन्य खालका लोन समेत लिन सक्छौ ।’ मैले भने–‘हुन्छ, तर ब्याजदर बढी पर्ला नि ?’ उसले मलाई ५.५ प्रतिशत ब्याजदरमै लोन उपलब्ध गराउने कुरा बताए । यो कुराले मलाई उत्साहित बनायो, कारण १० प्रतिशतसम्ममा अरु बैंक र फाइनान्स कम्पनीबाट १३ प्रतिशतसम्म लोन लिइरहेको मलाई यो कुरा पक्कै पनि सुखद समाचार थियो । त्यसपछि मैले सेवा शुल्क चाहि कति भनेर सोधेँ, उसले कुनै सेवा शुल्क नलाग्ने जवाफ दियो । यो कुराले म अझ उत्साहित भएँ ।  

त्यसपछि ‘मैले ऋण कहिले पाउँछु’ भनेर सोधेँ, उसले २ महिनाभित्र भन्ने जवाफ दियो । मैले त्यहाँबाट ५० करोड लोन लिएँ, सबै सेयरमै लगानी गरेँ । त्यसपछि मलाई हिमालयन बैंकबाट ६ प्रतिशत र कुमारी बैंकबाट ६.५ प्रतिशत ब्याजदमार धितोकर्जा लिइदिने अफरहरु समेत आए । मैले अफर आएका सबै बैंकसँग डिल गरेँ ।

मैले लोन लिंदै भकाभक सेयर खरीद गरिरहेँ । मैले कति लोन लिएँ र कति सेयर खरीद गरेँ भन्ने हिसाबकिताब नै नगरी लोन लिंदै सेयरमा लगाउँदै गएँ । त्यसबेला मलाई व्यवस्थित ढंगले लगानी गर्नुपर्छ, हिसाबकिताब व्यवस्थित गर्नुपर्छ भन्ने समेत उति ठूलो ज्ञान थिएन । 

सेयर मार्केटमा प्रवेश गरेको ४५ दिनसम्म मैले सेयर खरीद गरिरहेँ । मैले मेरा सारा सम्पत्ति नसकिएसम्म ४५ दिनसम्म सेयरमा पैसा खन्याइनै रहे । त्यसपछि बजारमा ठूलो मन्दी सुरु भएको, हेर्दा हेर्दै म जिरोमा पुुगेँ । त्यसकारण मैले ४५ दिनमा ४५ वर्षसम्म कमाएको सारा सम्पत्ति गुमाएँ ।

तर, आजको दिनमा भने म मेरा सबै डिलहरुको रेकर्ड राख्ने गरेको छुु । आजको दिनमा पनि म मेरा सेयर कारोबारका सबै रेकर्ड लेखेरै डायरीमा राख्ने गरेको छुु । मसँग एउटा डे बुक छ, त्यस्तै अर्को क्यास बुक छ, लेजर छ, जोर्नल बुक पनि छ । म यी सबैमा आफैंले लेखेर हरेक कुराको रेकर्ड राख्ने गरेको छुु । म आफैंले लेखेर सेयर खरीद तथा बिक्री गर्ने गरेको छु, अरुप्रति निर्भर छैन । आजको दिनसम्म पनि यो जारी नै छ । मेरा कुनै पनि कागजात(डकूमेन्ट) अझै कम्प्युटरकृत भएका छैनन् । कुन बैंक वा कम्पनीमा कति सेयर छ भन्ने कुराको सम्पूर्ण मेमोरी मेरो दिमागमै हुन्छ । कतिपय कुरा डायरीले पनि मद्धत गर्छ । 

तपाईले बुुझ्नुपर्छ कि बैंकहरुले विश्वासका कारण मलाई लोन दिएका थिएनन् । त्यो त तिनीहरुको बाध्यता थियो । जब उनीहरु सेयर कर्जाको स्किम लिएर आए, त्यसको उपयोग सेयर खरीद गर्ने वा भएकाहरुले मात्र गर्न सक्थे । मेरो मुख्य व्यवसाय नै सेयरको कारोबार गर्नु थियो । त्यसबेला समेत धेरै मानिसहरु, जो सेयर खरीद गर्थे, तर उनीहरुको मुख्य व्यवसाय सेयर कारोबार हुन्थेन । मेरो चाहि मुख्य व्यवसाय नै सेयर कारोबार थियो र हो । 

सेयर मार्केटमा प्रवेश गरेको ४५ दिनसम्म मैले सेयर खरीद गरिरहेँ । मैले मेरा सारा सम्पत्ति नसकिएसम्म ४५ दिनसम्म सेयरमा पैसा खन्याइनै रहे । त्यसपछि बजारमा ठूलो मन्दी सुरु भएको, हेर्दा हेर्दै म जिरोमा पुुगेँ । त्यसकारण मैले ४५ दिनमा ४५ वर्षसम्म कमाएको सारा सम्पत्ति गुमाएँ । 
त्यसबेला बैंक अफ काठमाण्डूूको सेयर प्रतिकित्ता २०५ रुपैयाँ र एनआइसी बैंकको प्रति कित्ता ८०५ रुपैयाँमा बिक्री गरेपछि यी दुुई बैंकको सेयर कहिल्यै नकिन्ने कसम नै खाएको थिएँ । तर अझै पनि एनआइसीको सेयर मेरो श्रीमतिको नाममा छ । ती सेयर मैले पूजाका लागि राखेको छुु । पहिलोपटक खरीद गरेको ती बैंकको प्रमाणपत्र अझै पनि मसँग सुरक्षित छ । 

मैले अलिक चाँडो निर्णय लिएँ । म एक कदम होइन, त्यसबेला दुुई कदम अगाडि बढेँ । म त्यसबेला आजको निर्णयले भोलि के प्रभाव होला भन्ने डराइँन । तर त्यसबेला मैले ठूलो जोखिम मोलेकै हो, कारण मैले जीवन नै गुमाइरहेको थिइँन । मैले ४५ वर्षसम्म कडा मेहेनत र परिश्रमबाट कमाएको पैसा सबै ठूलो जोखिम मोलेरै सेयर बजारमा लगानी गरेको थिएँ । तर, मभित्र दृढताको पहाड थियो कि, म मैले जीवनभरि कमाएको रकम जसरी पनि फिर्ता गर्ने दृढ संकल्पका साथ बजारमा पुनः प्रवेश गरेको थिएँ ।

मैले अलिक चाँडो निर्णय लिएँ । म एक कदम होइन, त्यसबेला दुुई कदम अगाडि बढेँ । म त्यसबेला आजको निर्णयले भोलि के प्रभाव होला भन्ने डराइँन । तर त्यसबेला मैले ठूलो जोखिम मोलेकै हो, कारण मैले जीवन नै गुमाइरहेको थिइँन ।

तर, त्यस्तो बेलामा राष्ट्रिय वाणिज्य बैंकका सीइओले ५ प्रतिशतमा ५० करोड लोन लिइदिन गरेको अफर मेरा लागि ठूलो कुरा थियो, म पूरा डूूबेको अवस्थामा यस्तो अफर आउला भन्ने सपनामा पनि सोचेको थिइँन । सायद उनले पनि मेरो बिषयमा सुनेका थिए र ‘निर्मल प्रधान उनीहरुका लागि राम्रो क्लाइन्ट बन्नसक्छ’ भन्ने उनीहरुलाई पनि लागेको थियो होला । 

म डूूब्नुु केहीअघि हिमालयन बैंकका २ अफिसर लोन लिइदिन आग्रह गर्दै मेरै घरमा आएका थिए । उनीहरुले ७५ करोड रुपैयाँको अफर दिए । उनीहरुले बैंकको संचालक समितिले नै ७५ करोड लोन तपाईका लागि दिनसक्ने भनेको उल्लेख गर्दै लिइदिन आग्रह गरेका थिए । त्यसबेला बैंकको ब्याजदर १२ प्रतिशत थियो । मैले उनीहरुसँग मलाई कति प्रतिशतमा लोन दिनुहुन्छ भन्दा उनीहरुले १० प्रतिशतसम्म दिनसक्ने बताए । मैले त्यो लोन पनि ३ महिनाभित्र लिइसकेँ र सबै सेयरमा लगानी गरेँ । 

तर, आज मलाई बैंकहरुले विगतमा जस्तो उति सारो विश्वास गर्दैनन् । त्यसरी धक फुकाएर सेयर लोन पनि दिन मान्दैनन् । 

एउटा व्यक्ति सुनामीमा परेर त्यान्द्रोको भरमा ज्यान जोगाइरहेको बेला, त्यसलाई सहयोग गर्नका साटो, त्यही त्यान्द्रो समेत झिकिदिने व्यवहार बैंकहरुको भयो ।

हिजो मात्र त्यही बैंक मेरो दैलोमा आइपुुग्यो र ७५ करोड लोन लिइदिन अनुुनय गर्यो तर भोलिपल्टै तिनै मान्छे आएर सबै लोन फिर्ता गरिदिन आग्रह गरेँ । अहिलेको बैंकहरुको व्यवहार यस्तो भएको छ । अब त तिनै बैंकहरुले ‘तिमी ऋण तिर्न नसक्ने खराब ऋणि हौ’ भन्न थाले । एउटा व्यक्ति सुनामीमा परेर त्यान्द्रोको भरमा ज्यान जोगाइरहेको बेला, त्यसलाई सहयोग गर्नका साटो, त्यही त्यान्द्रो समेत झिकिदिने व्यवहार बैंकहरुको भयो । उनीहरुले म डूूबेपछि पनि यस्तै व्यवहार गरे । उनीहरुले मलाई निकै अप्ठ्यारो परिस्थिति बनाइदिएका थिए । उनीहरुले मैले धितो राखेको सबै मेरो सम्पत्ति लिलाम गरे र करोडौं कमाए । ठूलो लगानीकर्ताको रुपमा चिनिएको मलाई त बैंकहरुले अप्ठ्यारो पर्दा यस्तो काम व्यवहार भने तपाई आफैं सोच्नुुहोस्, बैंकहरुले १७ लाख बढी साना लगानीकर्ताको के हालत बनाएका होलान् ? १७ लाख बढी ऋणिलाई कति पेलेका होलान् ? हामी लगानीकर्ता स्वार्थरहित ढंगले सरकारलाई कर तिरेर, उच्च जोखिम समेत मोलेर यो देशको सेवा गरिरहेका छौ, तर संकटको बेलामा हाम्रो योगदान कसैले नबुुझ्दो रहेछ । मैले भोगेको तीतो यथार्थ हो यो । 

सायद यस्तै उतारचढाव र भोगाईले होला म पनि बिस्तारै सेयर बजारमा खेल खेल्न जान्ने हुँदै गएको छुु । मैले साना लगानीकर्ताहरुलाई संगठित गर्ने काम गरेको छुु र सबैको पैसा जम्मा गरेर ठूलो लगानी सेयरहरुमा गर्ने काम पनि गरिएको छ । 

क्रमशः
(प्रधानले अंग्रेजीमा लेखेको ब्लगमा आधारित)

 

भाग-१ छुटाउनुभयो कि ?