काठमाण्डौ । सेयर बजारका भेटेरान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले अन्ततः लोकप्रिय मतसहित नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जित हासिल गरेका छन् । 

भर्खरै सम्पन्न मतगणनाअनुसार अम्बिकाप्रसाद पौडेलले एशोसिएटतर्फबाट महासंघको कार्यकारिणी सदस्यमा लोकप्रिय मतसहित जित हासिल गरेका हुन् । 

उनले कुल ८०२ मत प्राप्त गरे । कुल खसेको ८९० मत खसेकोमा पौडलले सबैभन्दा बढी ८०२ मत प्राप्त गरेका हुन् । पौडेल चन्द्रप्रसाद ढकाल समूहबाट एशोसिएट सदस्यमा चुनाव लडेका थिए । 

एशोसिएटतर्फ उपाध्यक्ष पदमा पनि ढकाल समूहकै रामचन्द्र संघाई विजयी भएका छन् । 

एशोसिएटबाट कार्यकारिणी सदस्यमा निर्वाचित हुने अन्य उम्मेद्वार र उनीहरुले ल्याएको मत निम्नअनुसार छः

अविनाश बोहोरा: ४७६
आनन्दकुमार अग्रवाल: ४९९
कृष्णलाल महर्जन: ४६५
गोपाल खनाल: ७५१
ज्योत्सना श्रेष्ठ: ७६७
देशबन्धु बस्नेत: ४८३
प्रवलजंग पाण्डे: ७४३
भरतराज आचार्य:  ७४६
रञ्जितराज आचार्य: ४५९
राजशेकुमार अग्रवालः ५३०
विजयसिंह वैद्य: ५४७
शक्तिकुमार बेगानी: ५३०
शाहिल अग्रवाल: ७३३
शैलेन्द्र गुरागाई: ६६५
सुशील थापा: ४७३ लिवर्टी इनर्जी
सञ्जय गिरी :५०७
हेमन्त गोल्छा: ५०९
(विराट थापा र मंगेशलाल श्रेष्ठले ४९७ मत ल्याएका । बराबरी मत भएका कारण गोलाप्रथाबाट पछि निर्णय लिइने)