पूँजीबजारको विकासको बिषयमा मेरो धारणा केही फरक छ । हरेक देशको तथा विश्वको पूँजीबजार एउटा निश्चित चक्रबाट गुज्रिन्छ । मेरो विचारमा नेपालमा यस्तो चक्र सात वर्षको छ । तर हाम्रो यो चक्रले पछिल्लो समय एक फन्को पूरा गर्न निकै समय लगायो । कारण, हामीले यही अवधिमा अभूतपूर्वक आर्थिक अवस्था तथा राजनीतिक संकटको चपेटा भोग्यौं । 

मेरो विचारमा नेपालमा यस्तो चक्र सात वर्षको छ । तर हाम्रो यो चक्रले पछिल्लो समय एक फन्को पूरा गर्न निकै समय लगायो । कारण, हामीले यही अवधिमा अभूतपूर्वक आर्थिक अवस्था तथा राजनीतिक संकटको चपेटा भोग्यौं । 

रियल स्टेटमा आएको मन्दीका कारण कयौं लगानीकर्ताले करोडौं गुमाए । विगतमा जब सेयर बजारमा मन्दी आयो, त्यसबेला रियल स्टेट क्षेत्रमा उछाल देखियो । यस्तै, सम्बन्ध सुनचाँदी बजार र सेयर बजारमा समेत देखिन्छ । अहिले नेपालमा एकसाथ सेयर मार्केट र रियल स्टेटमा गिरावट आइरहेको छ । अर्कोतर्फ, हामीले नयाँ संविधान लेख्ने सफलता पायौं, तर राजनीतिक स्थायीत्व अझै कायम भइसकेको छैन । बैंकहरुले यही बेला ब्याजदरमा मनपरी वृद्धि गरिरहेका छन्, यसले बजारको संकटलाई अझ बढाइरहेको छ ।

यदि मलाई बैंकले ७ देखि १० प्रतिशत मात्र ब्याज लगाउथ्यो भने मैले मसँग भएका कुनै पनि सेयर वा मेरो कुनै पनि सम्त्ति बिक्री गर्नुपर्ने थिएन । म सजिलैसँग बैंकको ऋण तिर्नसक्थे । कारण, जुुन बैंकको सेयर खरीद गरेको थिएँ, त्यसले दिने बोनस सेयर र लाभांशले नै बैंकको ऋण तिर्न पुुग्थ्यो । तर, जब बैंकले ब्याजदर बढाउन थाल्यो, त्यसपछि मैले आफ्नो ब्यालेन्ससिट सन्तुलित बनाउन सकिँन । मैले मेरो सेयर बिक्री गर्नुपर्यो, सम्पत्ति बिक्री गर्नुपर्यो र मैले मेरो प्रतिष्ठा जोगाउनका लागि यी सबै काम गर्नुपर्यो । 

यदि मलाई बैंकले ७ देखि १० प्रतिशत मात्र ब्याज लगाउथ्यो भने मैले मसँग भएका कुनै पनि सेयर वा मेरो कुनै पनि सम्त्ति बिक्री गर्नुपर्ने थिएन । म सजिलैसँग बैंकको ऋण तिर्नसक्थे । कारण, जुुन बैंकको सेयर खरीद गरेको थिएँ, त्यसले दिने बोनस सेयर र लाभांशले नै बैंकको ऋण तिर्न पुुग्थ्यो ।

मैले निकै ठूलो संख्यामा एभरेष्ट बैंकको सेयर खरीद गरेको थिएँ । यो बैंकले एउटा उचाई प्राप्त गर्नुमा मजस्ता लगानीकर्ताको पनि केही न केही भूमिका अवश्य थियो । तर, मेरो योगदानको बाबजुद म संकटमा परेँ, पारियो । तथापि, म चुनौतिबाट डराएर भाग्ने मान्छे होइन । अहिले म दुुईवटा बैंकमा फोकस छुु । म अब एनसीसी र नेपाल बैंकलाई जगाएर एउटा स्थानमा पुर्याउन चाहन्छुु । विगतमा एभरेष्ट बैंकलाई माथि पुर्याएजस्तो यी दुुई बैंकलाई समेत निकै माथि पुुर्याउने र यसको सेयरलाई बुलिस ट्रेण्डमा कुदाउने मेरो चाहना छ। 

हिजोको दिनमा बजारमा केही गलत अभ्यासहरु पनि भए । सायद यही अभ्यासका कारण अहिले बजारमा ठूला लगानीकर्ता भेट्याउन नै मुश्किल हुन्छ । संभवत निर्मल प्रधान मात्र बजारमा बाँचेको, टिक्न सकेको ठूलो लगानीकर्ता होला । म अझै मन्दीका बाबजुद पनि अझै धेरै सेयर खरीद गर्ने सोंचमा छु, अझ दृढ भएर बजारमा लागिरहने सोंचमा छुु । 

अहिले म दुुईवटा बैंकमा फोकस छुु । म अब एनसीसी र नेपाल बैंकलाई जगाएर एउटा स्थानमा पुर्याउन चाहन्छुु । विगतमा एभरेष्ट बैंकलाई माथि पुर्याएजस्तो यी दुुई बैंकलाई समेत निकै माथि पुुर्याउने र यसको सेयरलाई बुलिस ट्रेण्डमा कुदाउने मेरो चाहना छ। 

यदि मलाई बैंकहरुले मेरो मान्यता अनुसार सेयर कर्जा उपलब्ध गराए भने अझै पनि म १ अर्ब मूल्यको सेयर खरीद गर्ने योजनामा छु। तर, दुुर्भाग्य भन्नुपर्छ, हिजोआज ठूला बैंकले मलाई विश्वास गर्नै छाडेका छन् । कारण, उनीहरुलाई लाग्छ, निर्मल प्रधान एक खराब लगानीकर्ता हो । तर, म ती ठूला बैंकहरुलाई बढी सताउन पनि चाहन्न । कारण, धेरै साना बैंक तथा बित्तीय संस्थाहरु छन्, जसले अहिले पनि मलाई सेयर कर्जा दिन चाहन्छन् । मैले चाहँदा १० वटा बैंकबाट १० करोडको दरले कर्जा लिन सक्छुु, यसमा मलाई समस्या छैन । 

हिजोआज ठूला बैंकले मलाई विश्वास गर्नै छाडेका छन् । कारण, उनीहरुलाई लाग्छ, निर्मल प्रधान एक खराब लगानीकर्ता हो ।

मसँग यतिबेला ठूलो पैसा छैन, कारण मैले यसअघि लिएका सबै लोनहरु सेयर खरीदमा प्रयोग गरिसकेको छु, त्यही भएर अब नयाँ ऋण लिने बिषयमा सोचिरहेको छु। तर, यदि कुनै पनि बैंक तथा बित्तीय संस्थाहरुले मलाई विश्वास गरेका थिएनन् भने म यी टाइधारी डाँका(त्यस्ता बैंक, जसले आफ्ना ऋणिहरुलाई लुट्छन् र यहीकारण देशमा आइपर्ने ठूलो आर्थिक संकटको शिकार पनि यस्तै ऋणिहरुले बन्नुपर्छ) समक्ष गुहार माग्दै जान्न थिएँ । 

समाप्त

(प्रधानले केही महिनाअघि अंग्रेजीमा लेखेको ब्लगमा आधारित)

भाग १, २, ३ र   पढ्न छुट्यो कि ?