काठमाण्डौ । फेरि तीव्रगतिमा फैलिएको कोरोनाको प्रभाव भारतको सेयर बजारमा व्यापक परेको छ।

कोरोनाबाट अतिप्रभावित भारतको सेयर बजारमा सोमबार व्यापक गिरावट आएको छ। सेन्सेक्स ११८८ अंकको भारी गिरावटका साथ अहिले ४८८४१.६९ विन्दुमा कारोबार भइरहेको छ। आज कारोबारका क्रममा सेन्सेक्स सबैभन्दा तल ४८५८०.८० को विन्दुमा झरेको थियो। 

सेन्सेक्समा सामेल ३० मध्ये २७ कम्पनीका सेयरमा गिरावट आएको छ। जसमा बजार फाइनान्स, एसबीआई र इन्डसइन्ड बैंकका सेयरमा सबैभन्दा बढी ६ प्रतिशतको गिरावट आएको छ। 

यसअघि सेन्सक्स गत मार्च २६ मा ४९००० भन्दा तल झरेको थियो।

उता निफ्टीमा ३२२ अंकको गिरावट आएको छ। अिलहे निफ्टी १४५४४.७० को विन्दुमा कारोबार भइसकेको छ। निफ्टी बैंक इन्डेक्स पनि १२२० अंक अर्थात ३.६ प्रतिशतले घटेर ३२६३७.१५ मा कारोबार भइरहेको छ। – एजेन्सी