काठमाण्डौ । यो साता सेयर बजारमा दैनिकजसो रौनक छाइरहेको छ। 

यो साताको पहिलो दिनै १० अर्ब रुपैयाँ बढीको कारोबार हुनुले सेयर बजारले सबै ध्यान खिचेको छ। आज तेस्रो दिन मंगलबार पनि बजार खुलेको ३ घन्टामै ८ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ। 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३ अंकले बढिसकेको छ। परिसूचक अहिले २८०० विन्दुनजिक पुगेको छ। बैंकिङ समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ भने २९ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। 

खासगरी लगानीकर्ताहरु अहिले सेक्टर परिवर्तन गर्दै लगानी गर्नुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन। आजको कारोबार सुरुदेखि नै एकनास किसिमले अगाडि बढ्नु र कारोबारले साथ दिनुले बजारमा ठूलै उछाल आउन सक्ने सक्रिय लगानीकर्ता प्रकाश न्यौपानेले बताए। उनले भने, ‘अहिले लगानीकर्ता सस्ता र राम्रा जलविद्युत् तथा फाइनान्समा सिफ्ट भएका छन्।’