काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसरमा एनीभर्सरी अफर ल्याएको छ । 

यो अफरअन्तर्गत ग्राहकहरुले श्रावण १६, २०७७ का दिन सेल पेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकत रु. १००० सम्म) क्यासब्याक पाउनेछन् । यो अफरको लाभ लिनका लागि आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्नेछ । 

यसका साथै सेलपेका ५ भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन्। 

सेलपेबाट वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबारको सुविधा, सरल एवम् सुरक्षित कारोबारको सुविधा, कारोबार गर्दा लोयल्टी प्वाइन्ट्स पाइने लगायतका सुविधाहरु उपलब्ध हुन्छन् । 

यो माध्यम प्रयोग गरी टेलिफोन, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको बिल भुक्तानी गर्न सकिन्छ । यस्तै, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमाशुल्क भुक्तानी, इएमआई भुक्तानी, तथा सेयर कारोबार समेत गर्न सकिन्छ ।