काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले नेपालको अग्रणी ई(कमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत पेलेसको कुपन सेक्शनको खेती फूडबाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन निस्शुल्क पाउनेछन् ।
 
हाल विश्वभर फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागिबाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउन नेपाल सरकारबाट अनुमति प्राप्त गरेको छ ।
 
यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ । 
 
यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पेलेस एपको कुपन सेक्नसको खेती फूडबाट सामाग्री खरीद गर्दा सेलपे ग्राहकले सेलपेको मोवाइल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट अग्रिम भुक्तानी गर्न सक्नेछन् । 
 
साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने छ । जसका लागि सेलपेको ग्राहकहरुले पेलेसन एपको कुपन सेक्शनको खेती फूडबाट सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत अग्रिम भुक्तानी गरेमा १० थान मास्क र १ थान साबुन निस्शुल्क पाउनेछन् ।
 
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलेपबाट वास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवम् सुरक्षित र यसरी कारोबार गर्दा लोयल्टी प्वाइन्ट्स समेत पाइन्छ ।