काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सक्रिय ग्राहकलाई उपहारस्वरूप नेपाल टेलिकम तथा एनसेलको डाटा प्याक प्रदान गर्ने भएको छ।

आफ्ना ग्राहकको साथ र मायाको कदर गर्दै धन्यवादस्वरुप ग्राहकलाई उपहारस्वरूप नेपाल टेलिकम तथा एनसेलको डाटा प्याक प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ। ग्राहकले सेलपेमा रजिस्टर गरिएको आफ्नो मोबाइलमा भोलि साउन १६ गते नेपाल टेलिकम वा एनसेलको डाटा प्याक प्राप्त गर्नेछन्।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेका छन्– 

– वास्तविक समयमा भुक्तानी 

– सरल र सुरक्षित

– बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५ लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ। यसका साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामान खरिद गर्न सक्नेछन्। 

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन्। यसका साथै ग्राहकहरुले सेलपेबाट फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ। 

सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ। सेलपे एप डाउनलोड गरी वालेट लोडका साथै आजै आफ्नो बैंक खाता लिंक गर्न सकिने कम्पनीले जनाएको छ।