काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ । यो अफर आगामी कातिक ३० गते सम्म लागू हुनेछ । 
 
यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरिद गरी सेलपेबाट स्क्यान एण्ड पे मार्फत भुक्तानी गरे १५ प्रतिशत छुट  अधिकतम रु ५००० पाउने छन् । सेलपे सेल्सबेरी  अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र सेलपे एप्पमा रहेको  “पे मर्चेण्ट” क्लिक गरी काउन्टरमा रहेको स्क्रिनमा देखाएको क्यूआर कोड स्क्यान गरी  भुक्तानी गर्न सक्नुहुनेछ । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् । यो अफर कार्तिक ३० गते सम्म लागू हुनेछ्र, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
 
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
-  बास्तविक समयमा भुक्तानी 
-  बिना वालेट कारोबार गर्न सकिने 
- सरल एवं सुरक्षित
-  लोयाल्टी पोइन्ट्स पाईने
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, , बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी, कोविड१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार,पीटूपी,पीटूबी,बीटूपी,बीटूबी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
 
सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।