काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले नयाँ वर्ष २०७८ उपलक्ष्यमा “नयाँ वर्ष २०७८, पाइन्छ उपहार हप्तैभर” योजना सुरु गरेको छ । 

यस योजनाअन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न ७ सेवाहरु उपयोग गर्दा उक्त ७ वटै सेवाहरुमा हरेक दिन लक्की ड्रमार्फत ७ जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना बैशाख १ गते देखि बैशाख ७ गते सम्म लागू हुने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । 

यस योजनामा सेलपेका ग्राहकहरुले मर्चेन्ट भुक्तानी गर्दा हरेक दिन १ जनाले २०.७८ प्रतिशत(अधिकतम रु २०७८) सम्म क्यासब्याक, रकम स्थानान्तरण गर्दा हरेक दिन १ जनाले एक्स एजको इयरबड, एयरलाइन्स टिकट खरिद गर्दा हरेक दिन १ जनाले ५० प्रतिशत(अधिकतम रु २०७८) सम्म क्यासब्याक, इन्टरनेटको महशुल भुक्तानी गर्दा हरेक दिन १ जनाले थप एक महिनाको सेवा निस्शुल्क, टिभीको महशुल भुक्तानी गर्दा हरेक दिन १ जनाले १ थप महिनाको सेवा निस्शुल्क साथै मोबाइल टप–अप र रिचार्ज गर्दा हरेक दिन १ जनाले ६ जी बी डाटा प्याक जित्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागू हुनेछ, जसमा नयाँ ग्राहकहरुले सेलपे एप डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरेपछि कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन् । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित भुक्तानी र लोयाल्टी प्वाइन्ट्स पाइने यसका मुख्य विशेषता हुन् ।