काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले तिहारको उपलक्ष्यमा आकर्षक अफर ल्याएको छ । 

सेलकमले तिहारको योजनाअन्तर्गत आफ्ना ग्राहकहरुले सेलपे कार्टबाट सामान खरीद गरेमा ५ प्रतिशत(रु. २५०० सम्म)को क्यासब्याक पाउने कम्पनीले जनाएको छ । 

यो योजना कात्तिक १५ गतेदेखि २० गतेसम्म लागू हुने विज्ञप्तिमा उल्लेख छ । 

यो स्किममा सहभागी हुन चेकआउट गर्दा कुपनकोडमा Tihar राख्नुपर्नेछ । 

सेल पे सेवा मोवाइल तथा वेब एप्लीकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने द्रूत, सरल तथा सुरक्षित सेवा हो । सेल पेका अन्य विशेषताहरुमा वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने लगायतका रहेका छन् । 

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुलभुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी टूपी, पी टूबी, बी टूपी, बी टू बी आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेल पे कार्ट सेवामार्फत सजिलै घरमै बसीबसी बिभिन्न सामानहरु खरिद गर्न सकिनेछ ।