काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको असार १५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो ४ बजेबाट हुनेछ। 

सभाले कम्पनीको जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। यसका लागि नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।