काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।

सोल्टी होटेलले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल २६.३१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १ करोड ९ लाख ९० हजार १३१ कित्ता बोनस सेयर र ११.३१ प्रतिशतले हुन आउने ८ करोड २९ लाख ८ हजार २ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

सोल्टी होटेलले आउँदो पुस २४ गते नेपाल प्रज्ञा भवन कमलादीमा आफ्नो ४५ औँ वार्षिक साधारणसभा गर्दैछ । सोही सभाबाट प्रस्तावित लाभांश पारित हुनेछ ।

लाभांश र साधारणसभा प्रयोजनका लागि सोल्टी होटेलले भोलि बुधबारदेखि पुस२४ गतेसम्म बुक क्लोज गर्दैछ । सोही कारण सोल्टी होटेलको लाभांश र साधारणसभाका लागि योग्य हुन आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।