काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा सोल्टी होटेलले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष होटेलले २२ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा होटेल सेवा प्रवाहबापत १ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष होटेलको आम्दानी ४५ करोड ३९ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले होटेलको आम्दानी २०२.१६ प्रतिशतको उछाल आउको छ।
समीक्षा अवधिमा सोल्टी होटेलले ३१ करोड ९५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १७ करोड २४ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको सोल्टी होटेलको रिजर्भको आकार बढेर ८९ करोड १२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५८ करोड ९६ लाख रुपैयाँ थियो।
होटेलको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३.५८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस २.६७ रुपैयाँले ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ २०.५८ रुपैयाँ रहेको होटेलको पीई रेसियो ५६.५७ गुणा रहेको छ।
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago