काठमाण्डौ । स्कोडा भारतीय बजारमा ३ नयाँ कार ल्याउन गइरहेको छ। यसमध्ये नयाँ स्कोडा करोक एसयूभी, सुुपर्व फेसिलिफ्ट र रेपिड १.० टीएसआई समावेश छन्। 

यी तीनैवटा कार आगामी मे २६ तारिखका दिन लन्च हुुँदैछ। आउनुुस् यी ३ कारका बारेमा जानकारी लिनुुस्ः

स्कोडा करोक

यो स्कोडा भारतमा आउने निकै बहुुुुुप्रतिक्षित कारहरुमध्ये एउटा हो। यो एसयूभी केबल पेट्रोल इन्जिन र अटोमेटिक गियरबक्सका साथ आउनेछ। यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिइनेछ। जसले १५० एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ। इन्जिन ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्स सुुसज्जित छ। स्कोडा कोरक शानदार फिचर्सका साथ आउनेछ। यसमा प्यानोरोमिक सनरुफ, वर्चअल कक्पिट डिजिटल इन्स्टुुमेन्ट क्लस्टर, ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ड्यूूल जोन क्लाइमेट कन्टोल र ९ एयरबक्सजस्ता फिचर हुुुनेछ। कोरकलाई भारतमा पूूर्ण रुपमा तयारी युुनिटका रुपमा ल्याइँदैछ। यसको मूूल्य २४ लाख रुपैयाँ आसपास रहने आशा गरिएको छ। बजारमा यसको टक्कर जीप कम्पाससँग हुुनेछ।

स्कोडा सुुपर्व फेसलिफ्ट
डा सुुपर्व फेसलिफ्टब मोडल नयाँ स्टाइल र धेरै फिचर्सका साथ आउनेछ। यसका नयाँ फ्रन्ट बम्पर, नयाँ एलइडी हेडलाइट्स, रिवाइज्ड ग्रिल, नयाँ एलो विल्ज, नयाँ आउटसाइड रियर भ्यूू मिरर्स, रिवाइज्ड एलईडी टेलल्याम्प र रिवाइज्ड रियर बम्पर हुुनेछ। अपडेटेड कारमा सबैभन्दा ठूूलो परिवर्तन यसको इन्जिनमा देखिनेछ। सुपर्व फेसलिफ्ट केबल पेटोल इन्जिनका साथ आउनेछ। यसमा १९० एचपी पावरजडित नयाँ २.० लिटर टर्बो पेट्रोल इन्जिन हुुनेछ। जुुन ७ स्पीड ड्यूूल क्लच अटोमेटिक गियरबक्स पनि सुुसज्जित छ। कारमा पहिले १.८ लिटर पेट्रोल र २.० लिटर डिजल इन्जिन बन्द गरिएको छ। स्कोडाको यस फ्लागसिप सिडैनको मूूल्य २८–३२ लाख रुपैयाँ रहने आशा छ।

स्कोडा रेपिड १.० टीएसआई

रेपिड लामो समयदेखि भारतीय बजारमा उपलब्ध छ तर अब यसमा महत्वपूूर्ण मेकानिकल अपडेट पाइनेछ। अहिलेसम्म यो कार १.६ लिटर नेचुुुरली ऐस्परेटेड पेट्रोल र १.५ लिटर डिजल इन्जिनमा आउँथ्यो। यसको ठाउँमा अब यो कार केबल १.० लिटर टीएआई टर्बो पेट्रोल इन्जिनका साथ आउनेछ। जसको ११० एचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्दछ। यसको मूूल्य ८.५–११.५ लाख रुपैयाँका बीच रहने आशा छ। – एजेन्सी