काठमाण्डौ । अग्रणी विश्वव्यापी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई उनीहरुको करियरमा मद्दत गर्ने उद्देश्यले जब रेडि प्रोग्राम ल्याएको छ।

यो प्रोग्राम विशेषगरी नेपाली विद्यार्थीलाई भविष्यमा सहज रुपमा रोजगारी पाउने अवसर बढाउनका लागि की ट्रान्सफरेबल स्किल्स सिक्न मद्दत गर्न डिजाइन गरिएको हो। जसले उनीहरुलाई पढ्दै कमाउने अवसर प्रदान गर्दै पढाइ सकेपछि अन्तर्राष्ट्रिय कम्पनीहरुमा रोजगारी पाउन सक्षम बनाउँछ।

स्टडी ग्रुपले युके इन्टरनेसनल स्टडी सेन्टर वा यूएस इन्टरनेसनल कलेजबाट आफ्नो प्रक्रिया अगाडि बढाउने सबै विद्यार्थीको सम्पूर्ण सेवा शुल्क व्यहोर्नेछ।

स्टडी ग्रुपका विद्यार्थीले शैक्षिक सामग्रीको साथै सीभी लेखन र प्रोफाइल प्रेजेन्टेसनका लागि पनि सहयोग प्राप्त गर्नेछन्। यसको साथै उनीहरुले इन्टरभ्यु कोचिङ र मक इन्टरभ्युबाट पनि लाभ लिन सक्नेछन्। यो कार्यक्रम सकिएपछि विद्यार्थीले सम्भावित रोजगारदाताहरुसँग ३ वटासम्म इन्टरभ्यु सेक्युर गर्न आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्।

स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक श्रीनि बन्दराले भने, ‘जब रेडी प्रोग्राम स्टडी ग्रुपको एउटा यस्तो गज्जबको पहल हो, जसले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा सक्किनासाथ कामको लागि दक्ष बनाउँछ। उनीहरुले युके आउनासाथ आफैँले अध्ययन गरेको विषयमा अझ ज्ञान र अनुभव बढाउँदै प्रोफेसनल कोर कम्पिटेन्सिज बढाउन र सम्बन्धित कामको अनुभव बढाउन सक्षम हुनेछन् जसले उनीहरुको भविष्यमा राम्रो रोजगारी पाउन सक्ने अवसर सुनिश्चित हुन्छ। फलस्वरुप नेपाली श्रम बजारमा अहिले देखा परिरहेको ‘स्किल ग्याप’ लाई पनि उनीहरु कम गर्न सक्षम हुनेछन्।’ 

स्टडी ग्रुपको यस रोजगारी कार्यक्रममा ‘प्रिपेयर फर सक्सेस’, ‘जब रेडी’, ‘भर्चुअल इन्टर्नसिप’ जस्ता कार्यक्रमहरु समावेश छन्। यी नयाँँ कार्यक्रमहरु युके र यूएसका विश्वविद्यालयहरुमा राम्रोसँग अध्ययन सकाउन र एक्काइसौँ शताब्दीमा सफल हुन आवश्यक सीप प्रदान गर्न डिजाइन गरिएका हुन्। 

प्रिपेयर फर सक्सेस 

नेपाली शैक्षिक पद्धतिबाट विदेशी शैक्षिक पद्धतिमा सजिलै ट्रान्जिसन हुन आवश्यक भाषाको साथ–साथै जीवनोपयोगी शिक्षा र लर्निङ स्किलहरु सिक्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले ल्याइएको अनलाइन कार्यक्रम हो। यो कार्यक्रमको तात्कालिक नतिजाका रुपमा यो कोर्समा सहभागी ८२% विद्यार्थीले आफ्नो उच्च शिक्षा अगाडि बढाउन आफू पर्याप्त रुपमा तयार भएको बताएका थिए।

जब रेडी 

स्टडी ग्रुपका निःशुल्क रोजगार सेवाअन्तर्गत यूकेमा अध्ययनरत नेपाली विद्यार्थीले पढ्दै काम गर्ने अवसर पाउनुका साथै की ट्रान्सफरेबल स्किल्स सिक्न र कामको अनुभव लिन सहयोग गर्नेछ। 

भर्चुअल इन्टर्नसिप  

स्टडी ग्रुपले भर्चुअल इन्टर्नसिप्स पार्टनर्स लिमिटेडसँग सहकार्य गरेर नेपाली विद्यार्थीलाई ७० भन्दा बढी देशका ४० भन्दा बढी उद्योगहरुमा अनलाइन इन्टर्नसिप र कामको अवसर प्रदान गर्नेछ। भर्चुअल इन्टर्नसिप्सले विश्वभरिका ४ हजारभन्दा बढी कम्पनीहरुसँग सहकार्य गरेर हजारौँ विद्यार्थीलाई रिमोट इन्टर्नसिपका माध्यमबाट प्रोफेसनल स्किलहरु वृद्धि गर्न सहयोग गर्छ।