काठमाण्डौ । पर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो फेरि इंग्लिस प्रिमियर लिगमा फर्किने भएका छन्। 

रोनाल्डो आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेटसँग जोडिन लागेका हुन्। म्यानचेस्टर युनाइटेडले शुक्रबार रोनाल्डो क्लबमा फर्किन लागेको घोषणा गर्दै ‘वेलकम होम’ भनेर लेखेको थियो।

यो खबरसँगै म्यानचेस्टर युनाइटेडको सेयरमा उछाल आएको छ। यो कम्पनीको सेयर एकैदिन ८ प्रतिशतले उकालो लागेको छ।

यो क्लब अमेरिकामा पब्किल्ली ट्रेडेड कम्पनीका रुपमा रहेको छ।

रोनाल्डोले यसअघि सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडबाट खलेका थिए। सन् २००९ मा म्यानचेस्टर युनाइटेड छोडेपछि रोनाल्डो रियल मेड्रिडमा आबद्ध बनेका थिए। सन् २०१८ बाट उनी इटलीको जुभेन्ट्समा आबद्ध छन्। 

म्यानचेस्टर युनाइटेड स्पोन्सरसिप, रिटेल, मर्केटाइजिङ, एपेरल एन्ड पैडक्ट लाइसेन्सिङ र मोबाइल कन्टेन्टका माध्यमबाट ग्लोबल ब्रान्डलाई मनिटाइज गरेर आम्दानी गर्दै आएको छ। सन् २०१९ मा यो कम्पनीको रेभेन्यु ६२७ मिलियन पाउन्ड गरेको थियो। 

यो कम्पनीको कमर्सियल रेभेन्यु २७५ मिलियन पाउन्ड, ब्रोडकास्टिङ रेभेन्यु २४१ मिलियन डलर र म्याचडे रेभेन्यु १११ मिलियन डलर रहेको थियो। – एजेन्सी