काठमाण्डौ । स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । 

विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो । 

स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भइसकेका स्टार्टहब नेपालले जनाएको छ । १० जना मध्ये उत्कृष्ट एकजनालाई आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर मिल्नेछ । 

स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रुपमा राष्ट्रिय युबा परिषद रहेको छ । अन्य सह–आयोजकहरुमा क्यान फेडेरेशन नेपाल, आइसिटी एशोसियसन नेपाल, सिएसआईटी एशोसियसन नेपाल र रोबोटिक एशोसियसन नेपाल रहेका छन् ।

नेपालका उत्कृष्ट १० स्टार्टअपहरुमा कुल थर्मल ईनजी, स्याटेलाईट स्टार्टअप, ईन्नेभेटिभ अटोमोबाईल लगाएत रहेका छन् । 

स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१२ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।