काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित तथा स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आजबाट अनलाइन आवेदन दिने व्यवस्था गरिएको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आयोजना प्रभावित र स्थानीयका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलएको हो। क्यापिटलका अनुसार आईपीओ भर्नका लागि आवश्यक कागजपत्र संलग्न गरी अनलाइनबाटै आफूले खरिद गर्न चाहेको सेयरको रकम भुक्तानी गर्न सकिनेछ।

अनलाइन आवेदनका लागि क्यापिटलले http://onlinedemat.globalimecapital.com/shareapply मार्फत आवेदन दिन स्थानीयलाई आग्रह गरेको छ। 

मध्यभोटेकोशीले हिजो मंगलबारदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित तथा स्थानीयका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ।