काठमाण्डौ । प्रमुख वित्तीय सूचकहरुमा छलाङ मार्दै स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा १५२३३.०७ प्रतिशतले खुद नाफामा भारी बढोत्तरी गर्न सफल भएको छ ।  

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास वितरणअनुसार संस्थाले खुद नाफा १ करोड ५६ लाख आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष संस्थाको खुद नाफा १ लाख १ हजार रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ४ करोड ४१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षमा १ करोड २८ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा २ करोड २८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ लाख ६० हजार रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ४५ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ३९ लाख रुपैयाँ थियो । 

यस अवधिमा संस्थाले ६८ ५८ लाख रुपैयाँ सापटी लिई ९० करोड तीन लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३२ करोड ५६ लाख सापटी लिई ३८ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ८ करोड २९ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँको हाराहारीमा थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ७१५३.३४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २ लाख १८ हजार रुपैयाँ जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा १ करोड ५८ लाख रुपैयाँ पुगेको छ। 

संस्थाको प्रतिसेयर आम्दानी १८.८२ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात रु २२.५८, प्रतिसेयर नेटवर्थ रु ११९.०८ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु ११७०.२८ रहेको छ ।