काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँको कुल २०.५३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १९.५० प्रतिशतले हुन आउने १ करोड ८२ लाख ८० हजार ८९७ रुपैयाँबराबरको बोनस सेयर र १.०३ प्रतिशतले हुन आउने ९ लाख ६२ हजार १५२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको।