काठमाण्डौ । स्मार्ट टेलिकमले हालै आफ्ना नयाँ तथा विद्यमान ग्राहकहरूका लागि नयाँ डाटा तथा भ्वाइस प्याकहरू सार्वजनिक गरेको छ। 

यस अन्तर्गत २०० एमबी डाटा मात्र रु ९ रुपैयाँमा १ दिनका लागि मान्य भएको प्याक खरिद गर्न सकिनेछ । 

साथै स्मार्टको अनलिमिटेड भ्वाइस प्याकअन्तर्गत (स्मार्ट टू स्मार्ट ) रु ९ मा १ दिन र रु २९ रुपैयाँमा ७ दिन कुरा गर्न सकिनेछ ।

यी दरहरुमा कर भने समावेश गरिएको छैन । स्मार्टको नयाँ डाटा प्याक खरिद गरी ग्राहकले संसारभर आफूलाई चाहिएको बेला सहजै आवद्ध गर्न सक्नुहुने छ । यो अफर अप्रिल ४, २०१९ देखि ९० दिनको लागि मात्रै लागु हुनेछ ।

साथै १० जीबी डाटा रु ३१९ मा ३० दिनका लागि मान्य भएको प्याक खरिद गर्न सकिनेछ ।

सेवा सुचारु गर्न देहाय बमोजिम गर्नुपर्ने छः

  • १ दिन मान्य हुने २०० एमबीको डाटा खरिद गर्न *141*3*1*6#    टाइप गरी  कल गर्नुहोस्
  • १ दिन मान्य हुने अनलिमिटेड भ्वाइस प्याक गरिद गर्न *141*1*2*3#   टाइप गरी कल गर्नुहोस्  (१ दिनको लागि)
  • ७ दिन मान्य हुने अनलिमिटेड भ्वाइस प्याक गरिद गर्न *141*1*2*2#   टाइप गरी कल गर्नुहोस्  (७ दिनको लागि)

साथै ज्यादा डाटा प्रयोग गर्न चाहने ग्राहकले स्मार्टको १० जीबी डाटा प्याक मात्र रु ३१९ (करबाहेक) खरिद गर्न सक्नेछन् । 

स्मार्टले ग्राहकहरुको आवश्यकताअनुसार विभिन्न डाटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । 

उच्चस्तरीय नेटवर्कको सुविधा प्रदान गर्न स्मार्टले अत्याधुनिक फोरजी प्रविधिको प्रयोग गर्दै आएको छ । नेपालका दूरसञ्चार अपरेटरहरुमध्ये स्मार्टको उच्चतम पिक डाटा रेट र औसत डाटा रेट रहेको छ । 

स्मार्टका फोरजी प्रयोगकर्ताहरुले प्रति सेकेण्ड ७० एमबीको पिक डाटा तथा ४०  एमबीको औसत डाटा रेट प्राप्त गरिरहनुभएको छ, जुन अन्य नेटवर्कहरुको भन्दा उच्च हो । 

नेपाल दूरसञ्चार प्राधिकरणको सर्वेक्षण अनुसार स्मार्टको डाउनलोड १०० प्रतिशत सफलता दरमा न्यूनतम २७.६९ एमविपिएस तथा अधिकतम ५७.८५ एमविपिएस गति प्राप्त भएको छ । यो प्रचलित ३६.२१ एमविपिएसको उच्च गतिभन्दा स्मार्टको गति अधिक हुन पुगेको छ ।

स्मार्टले यस प्याकहरूमार्फत आफ्नानयाँतथाविद्यमानग्राहकहरूलाई  इन्टरनेट र अनलिमिटेड कलको सुविधा अत्यन्तै किफायती दरमा उपलब्ध गराउँदै आएको छ । 

स्मार्टको अनलिमिटेड भ्वाइस प्याक सुविधा धेरै फोन प्रयोग गर्ने ग्राहकरुका लागि लक्षित गरिएको स्मार्ट टेलिकमले जनाएको छ ।