काठमाण्डौ । नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्टले सिमकार्डको खरिदमा थप रु. ४० प्रदान गरेको छ । 

स्मार्टको सिमकार्ड खरिदमा प्राप्त हुने विद्यमान सुविधाको साथ थप रकम प्राप्त गर्न सकिने छ । रु. ९९ मा सिम खरिद गर्ने ग्राहकले १० मिनेटको टकटाइम, १० एसएमएस, २०० एमबि डाटाको साथ रु. ५० मेन ब्यालेन्सको साथमा अतिरिक्त रु. ४० समेत गरी मेन ब्यालेन्स प्राप्त गर्नेछन् ।

स्मार्टले यसअघि रिब्रान्डिङ्गको साथ “क्ष्त’क ाचभभमयm” भन्ने नयाँ योजनाहरु प्रस्तुत गरेको थियो । यस योजनाअन्तर्गत हरेक सिमकार्डको खरिदमा वा रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधाहरु प्राप्त गर्न सकिन्छ । 

साथै २९ रुपैयाँमा ५०० एमबि डाटा, ९० पैसा÷प्रतिमिनेट भ्वाइस, तथा ५० पैसा÷एसएमएस(सरकारी कर बाहेक) एवं अझ न्यूनतम शूल्कमा अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि योजनामा समावेश गरिएको छ । 

काठमाडौंमा फोर जीको समूहअन्तर्गत स्मार्टले न्यूनतम शुल्कमा विभिन्न फोरजी डाटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । प्रयोगकर्ताहरुको सुविधा एवं आवश्यकता बमोजिम ठलोदेखि सानो साइजमा डाटा प्याकहरु उपलब्ध गरिएको छ । 

स्मार्ट सिम तथा अन्य सेवाहरुका लागि स्मार्टले तोकेका विभिन्न ग्राहक सेवाकेन्द्रहरुमा सम्पर्क गर्न सकिनेछ । स्मार्ट सेन्टरहरु लबभवन–कुमारी पाटी, रुद्र भवन–पुतली सडक, आरएन भवन–सूर्य विनायक, भक्तपुर तथा अरविन्द कम्प्लेक्स–न्यू रोड पोखरामा रहेका छन् । 

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत  प्राप्त गरेको हो । कम्पनीले आफ्नो फोरजी सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।