काठमाण्डौ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)द्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरुलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ।
इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो। हाल १७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको हो।
हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन् भने छिट्टै नै अरु सदस्य सहकारीहरुमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए।
भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्ट आबाद्ध स्मार्ट क्यूआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आबद्ध रही आएकोमा अबदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधामार्फत लाभ लिन सक्ने कुराले आफूहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए।
यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरुले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सीधै सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ।
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago