काठमाडौं । स्मार्ट, टेलिकम्युनिकेशन कम्पनीले हालै नयाँ ब्राण्डिङ्गका साथ प्रस्तुत भएको छ । यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसित गर्नेछ । 

नयाँ ब्राण्डिङ्गअन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ । यसअघि “स्मार्ट सेल”का रुपमा परिचित भएकोमा अब “स्मार्ट”का रुपमा प्रस्तुत हुनेछ । साथै स्मार्ट “योर वल्र्ड, योर भ्वाइस”भन्ने नारा साथ प्रस्तुत भएको छ। 

स्मार्ट सेल” भन्दा जुन दायराको अनुभुति हुन्थ्यो त्यसलाई स्मार्टले अझ बढी फराकिलो तुल्याउने छ भन्ने विश्वासका साथ“स्मार्ट सेल”बाट “स्मार्ट”भनी रिब्राण्डिङ्ग गरिएको कम्पनीले जनाएको छ । स्

कम्पनीले नयाँ योजना तथा सेवाहरु प्रस्तुत गरेको सन्दर्भमा यो रिब्रान्डिङ गरेको हो । आफ्नो फोर्टफोलियोलाई अझ नयाँ ब्रान्डको स्थानमा स्मार्टले रिब्रान्डिङ्गको साथ इट्स फ्रिडम भन्ने नयाँ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत रु. ९९ मा सिमकार्ड खरिद गरी रु. ५० को मेन ब्यालेन्स, २०० एमबि डाटा, १० मिनेट टकटाइम र १० एसएमएस प्राप्त हुनेछ । साथै, रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधाहरु प्राप्त गर्न सक्नु हुनेछ । न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एसएमएस र अन्तर्राष्ट्रिय कलगर्न सकिने सुविधा पनि यो योजनामा समावेश गरिएको छ । 

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवम् गुणस्तरीय पहुँच पुर्याउने यसको लक्ष्य रहेको छ । 

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ ।

दक्ष एवम् कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । 

स्मार्ट टेलिकम प्रा.लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोरजी सेवा काठमाडांै, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।