काठमाण्डौ । स्मार्ट, टेलिकम कम्पनीले हालै आफ्ना ग्राहकहरुलाई डबल डाटा अफर प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिनेछ । 

अब स्मार्टको कुनै पनि डाटाप्याक खरिद गर्दा ग्राहकले डाबल डाटा प्राप्त गर्नेछन् । ५०० एमवि, १ जिबी, २ जिबी  र ५ जिबी डाटा प्याकमध्ये जुन प्याक खरिद गरिन्छ सोहीअनुसार थप ५०० एमवि, १ जिबी, २ जिबी  र ५ जिबी डाटा प्याक प्राप्त गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

साथै डाबल डाटा रिचार्ज कार्डको खरिदमा पनि लागू गरिएको छ  । अब हरेक रिचार्जमा अतिरिक्त डाटा प्राप्त गर्न सकिन्छ । २०० एमबिदेखि ३ जिबीसम्म रिचार्ज मार्फत अतिरिक्त डाटा पाइने छ । रु १०० को रिचार्ज गर्दा, ग्राहकलाई ९८.०४ रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुनेछ भने २०० एमवि प्लस २०० एम बि डाटा, १० मिनेट टकटाइम र १० वटा एसएमएसको थप लाभ पाइने छ ।

त्यसैगरी रु. २०० को रिचार्ज गर्दा १९६.०८ रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुनेछ भने ४०० एमबि प्लस ४०० एमबि डाटा, २० मिनेट टकटाइम र २० वटा एसएमएसको थप लाभ पाइनेछ भने रु ५०० को रिचार्ज गर्दा ४९०.२० रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुनेछ भने १.५ जिबी प्लस १.५ जिबी डाटा, १०० मिनेट टकटाइम र १०० वटा एसएमएसको थप लाभ पाइनेछ ।

त्यस्तै १००० को रिचार्ज गर्दा ९८०.४० रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुनेछ भने ३ जिबी प्लस ३ जिबी डाटा, २०० मिनेट टकटाइम र २०० वटा एसएमएसको थप लाभ पाइनेछ । 

यो योजना स्मार्टको “फ्रिडम क्याम्पेन” अन्तर्गत प्रस्तुत गरिएको हो । यो क्याम्पेन स्मार्टले यसै वर्षको प्रारम्भमा प्रस्तुत गरेको थियो । यो योजनाको समग्र उद्देश्य भन्नु नै स्मार्टका प्रयोगकर्ताहरुलाई सहज रुपमा स्मार्ट सेवा  प्रदान गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।