काठमाण्डौ । स्मार्ट टेलिकमले हालै आफ्ना नयाँ ग्राहकहरूका लागि स्मार्ट साथी सिम सार्वजनिक गरेको छ ।  

यो स्किम अन्तर्गत मात्र रु. ९९ मा दुईवटा स्मार्ट साथी सिम प्राप्त गर्न सक्नेछन् । 

साथै यी दुई स्मार्ट साथी सीमबीच मात्र २५ पैसा प्रतिमिनेट(करबाहेक) एकआपसमा कुरा गर्न सकिने स्मार्ट टेलिकमले जनाएको छ । 

यी दुवै स्मार्ट साथी सिममा रु.२५ को मेन ब्यालेन्स, रु.२५ बोनस ब्यालेन्स र ३०० एमबी डाटा पनि समावेश गरिएकोे छ । उक्त बोनस ब्यालेन्स र डाटा ३० दिनका लागि मात्र मान्य हुने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

स्मार्ट टेलिकमका ग्राहकहरूले अब मज्जाले आफ्ना साथीसँग मात्र २५ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्नेछन् भने ३०० एमबी डाटा, रु.२५ मेन ब्यालेन्स र रु.२५ बोनस ब्यालेन्सको मज्जा पनि लिन सक्नेछन् ।

उच्चस्तरीय नेटवर्कको सुविधा प्रदान गर्न स्मार्टले अत्याधुनिक फोरजी प्रविधिको प्रयोग गर्दै आएको छ । नेपालका दूरसञ्चार अपरेटरहरुमध्ये स्मार्टको उच्चतम पिक डाटा रेट र औसत डाटा रेट रहेको छ । 

स्मार्टका फोरजी प्रयोगकर्ताहरुले प्रतिसेकेन्ड ७० एमबीको पिक डाटा तथा ४० को औसत डाटा रेट प्राप्त गरिरहेका छन् । जुन अन्य नेटवर्कहरुको भन्दा उच्च हो । 

नेपाल दूरसञ्चार प्राधिकरणको सर्वेक्षणअनुसार स्मार्टको डाउनलोड १०० प्रतिशत सफलता दरमा न्यूनतम २७.६९ एमविपिएस तथा अधिकतम ५७.८५ एमविपिएस गति प्राप्त भएको छ । यो प्रचलित ३६.२१ एमविपिएसको उच्च गतिभन्दा स्मार्टको गति अधिक हुन पुगेको छ ।