काठमाण्डौ । दशैंको शुभ अवसरमा स्मार्ट डोको (नेपालको नम्बर १ अनलाइन् मेगास्टोर) ले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर” ल्याएको छ ।

यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्नेछ । यसका लागि स्मार्ट डोकोमा सेलपेमार्फत भुक्तानी गर्नुपर्ने हुनेछ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्नु भएमा त्यही दिन अर्डर डेलिभरी हुनेछ ।

स्मार्ट डोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन् । ग्राहकहरुले १०,००ं० भन्दा धेरै थरीका सामानहरु स्मार्टडोकोमार्फत किनमेल गर्न सक्नेछन् । जस्तै: खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर आदि ।