काठमाण्डौ ।  आइएमएस ग्रुपको लगानी पछि इ–कर्मश कम्पनी स्मार्ट डोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुन लञ्च गर्ने भएको छ । 

यस नयाँ अपडेटेड स्मार्ट डोकोले ग्राहकलाई विभिन्न सामानहरु खरिद गर्न थप सहजता प्रदान गर्ने कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

यही अवसरमा स्मार्टडोकोले “स्मार्ट डोको २०२१ रिलोडेड” नामको स्किम पनि सार्वजनिक गरेको छ । यो स्किमअन्तर्गत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् । जसमा स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्ट कार्डको आधारमा पाइने(न्युनतम् अर्डर भ्यालु रु. २५०० हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानि गर्दा मात्र लागू हुनेछ), सेल पेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी (ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्) पाइनेछ । 

यसैगरी, ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् भने हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ, जसमा रु. १००० को सीमा हुनेछ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ, जसमा रु. १००० को सीमा (न्यूनतम अर्डर रु. २००० को हुनुपर्नेछ) हुनेछ । माछापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ, जसमा रु. ५०० को मात्रै सीमा हुनेछ । 

यस्तै, सामसुङ, एमआई र वन प्लस ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा समेत पाइने विज्ञप्तिमा उल्लेख छ । यस्तै, हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका(ब्राण्डहरु: मामाअर्थ, ट्रेसमे, गोल्डेन्फ्रेसमार्ट, नेचर्स् केयर, एसेन्सियल् लिभिङ, एक्सएज्, डाक्टरब्राउन, बिबिलभ्, ह्यप्पि फिट् र एभरयुथ) पाउने छन् भने १ रुपैयाँ गेम(१ भाग्यशाली ग्राहकले इनर्जाजरको पावर बैंक जित्ने मौका पाउनेछ) । 

कम्पनीका अनुसार २५ डिसेम्बर, बिहान १२ बजेदेखि १० बजेसम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराइएको बताइएको छ । यो योजनामा फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन एप अपडेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बरदेखि १ जनवरी २०२१ सम्म लागू हुने कम्पनीले जनाएको छ ।  

“स्मार्टडोकोमा लगानी गरेपछि र यसलाई आईएमएस ग्रुपमा समावेश गरिसकेपछि हामी हाम्रा ग्राहकहरूलाई स्मार्ट डोकोको नयाँ भर्जन चिनाउँन चाहन्छौं । भर्खरै नयाँ लोगोको परिचय गरिसकेपछि, हामीले हाम्रो वेबसाइट र मोबाइल एपलाई सुधार गरी नयाँ रूप दिएका छौं ताकि उपयोगकर्तालाई अनुकूल ईन्टरफेसको अनुभव होस् । यसबाहेक, स्मार्ट डोकोले अब दैनिक फ्ल्यास–सेल र धेरै उत्साहजनक प्रस्तावहरू प्रत्येक दिन ल्याई, छिटो डेलिभरीको सेवा, नगद, कार्ड, सेलपे, ई–सेवा, अमेरिकन् एक्सप्रेस र रिवार्ड पोइन्टहरू सहित भुक्तानिको थुप्रै विकल्पहरू प्रस्तुत गरेका छौं । साथै, स्मार्टडोकोको नयाँ प्रणालीबाट विक्रेताहरुले आफ्नो मूल्य र स्टकहरु आफै अपडेट गर्न सक्नेछन्, जसका लागि इच्छुक विक्रेताहरूले हामीसँग सम्पर्क गर्न सक्नेछन् । हाम्रो मूल्यवान ग्राहकहरुलाई आवश्यक परेको बेलामा हाम्रो ग्राहक सेवा केन्द्रले सेवा प्रदान गर्नेछन् । हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरूले सहज अनलाइन शपिंगको अनुभव गर्नेछन् ।”  आइएमएस ग्रुपका अध्यक्ष तथा सीइओ दिकेश मल्होत्राले भनेका छन् ।