काठमाण्डौ । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालका अवसरमा ‘स्याङयोङ नव वर्ष अफर’ ल्याएको छ। 

ग्राहकले रेक्स्टन, टिभोली अटोमेटिक ट्रान्समिसन र टिभोली म्यानुबल ट्रान्समिसनमा क्यास डिस्काउन्ट ५ लाख रुपैयाँसम्म पाउन सक्नेछन्। साथै, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्।

स्याङयोङले ग्राहकलाई एक वर्ष निःशुल्क बीमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ र ११ हजार रुपैयाँबराबरको निःशुल्क एसेसोरिजजस्ता अफरहरु पनि प्रदान गर्नेछ।  

यो अफर वैशाख १ गतेदेखि वैशाख ३१ गते सम्ममात्र हुने कम्पनीले जनाएको छ। 

स्याङयोङ कोरियाको चौथौ ठूलो गाडी उत्पादन गर्ने कम्पनी हो। सन् १९५४ देखि सुरुआत गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाइल अनि उत्कृष्ट प्रदर्शनका लागि चिनिने गर्दछन्। जसको मूल कारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन्। उनीहरुका अन्य मोडलहरु जस्तै एसयूभीएस, पिकअप ट्रक, एमपीभीएस छन्।